
– सुदीप अधिकारी
बर्दिया, २६ माघ । १ लाख ५० हजार रुपैँया घुस लिदै गर्दा बर्दियामा प्रहरी नायव निरीक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको मुद्धा फाँटमा कार्यरत प्रहरी नायव निरिक्षक नरबहादुर बिकलाई १ लाख ५० हजार रुपैयाँ घुस लिदाँ लिदै अख्तियारको क्षेत्रीय कार्यालय टोलीले पक्राउ गरेको हो ।
ठगी मुद्धाको आरोपमा हिरासतमा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै हिरासतमा रहेका आफन्तसँग सई बिकले १ लाख ५० हजार घुस माग गरेपछी अख्तियारको टोलीले निगरानी बढाएको थियो ।
‘हिरासतमा रहेकाको मुद्धा छिटो गरीदिने र छुटाईदिने भन्दै १ लाख ५० हजार ५० हजार घुस लिँदा लिँदै जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा मुद्धा फाँटबाट सई बिकलाई पक्राउ गरेका हौँ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी दिपक थापाले भने ।
बाँकेको कोहलपुरमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालयबाट खटि आएको टोलीले प्रहरी नायव निरीक्षक बिकलाई घुससहित नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।












प्रतिक्रिया