काठमाडौं, २६ माघ । भारतले नाकाबन्दी खोलेसँगै चीनले भने कडाई गरेको छ ।
जसको उदाहरण हो तातोपानी नाका । भारतीय नाकाबन्दी हुँदासम्म खोल्नका लागि सरकारबाट सामान्य प्रयास भएपनि अहिले भने गन्ति नै गर्न छाडेपछि चिनियाँ पक्षले कडाइँ गरेको हो ।
जसका कारण भूकम्पपछि चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा नआएपछि नेपाली व्यवसायीको साढे २ अर्बभन्दा बढीको सामग्री नाकामै अलपत्र परेको छ ।
भूकम्पछि चीन सरकारले तातोपानी नाकालाई बन्द गरी रसुवा नाकालाई खुकुलो बनाएपनि नेपाली व्यापारीको सामग्री तातोपानी नाकामा कुहिने अवस्थामा पुगेको छ ।
अधिकांश साना व्यवसायीको सामग्री नाकामा रोकिएकाले उनीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको हिमालय सीमापार व्यापार संघका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए ।
नेपाली व्यवसायीलाई चीन सरकारले खासामा प्रवेश गर्न नदिएकाले व्यवसायीहरुले आफ्नो सामाग्रीबारे जानकारी पाउनसमेत नसकेको उनको भनाई छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।















प्रतिक्रिया