
काठमाडौँ, २६ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका दिवंगत सभापति सुशील कोइरालासँग भएको अन्तिम कुराकानी सार्वजनिक गरेका छन् ।
पूर्व प्रधानमन्त्री कोइरालालाई श्रद्धाञ्जलि दिन आज अपरान्ह दशरथ रङ्गशाला पुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले केही दिनअघि मात्रै कोइरालासँग भएको अन्तिम सम्वाद सार्वजनिक गरेका हुन् ।
प्रचण्डले भने- ‘मधेसवादी दललाई समेत सहमतिमा ल्याएर राष्ट्रिय समस्यालाई समाधान गर्नुपर्छ भन्नेमा उहाँको जोड थियो । उहाँले मलाई अन्तिम कुराकानीमा यही कुरा पुरा गर्न सके आफूले जितेको महसुस हुने बताउनुभएको थियो । सायद उहाँको अन्तिम इच्छा यही थियो होला ।’
पछिल्लो समयमा मुलुकलाई राष्ट्रिय एकताका साथ अगाडि बढाउने सदीक्षा कोइरालाको रहेको भन्दै प्रचण्डले भने- ‘मधेसवादी दललाई समेत सहमतिमा ल्याएर राष्ट्रिय समस्यालाई समाधान गर्नुपर्छ भन्नेमा उहाँको जोड थियो । उहाँले मलाई अन्तिम कुराकानीमा यही कुरा पुरा गर्न सके आफूले जितेको महसुस हुने बताउनुभएको थियो । सायद उहाँको अन्तिम इच्छा यही थियो होला ।’
उच्चस्तरीय राजनीतिक संयन्त्रको केही दिन पहिलेको बैठकमा राष्ट्रिय समस्यालाई समाधान गर्न गम्भीरताका साथ लाग्न आफूले राखेको प्रस्ताव समेत सभापति कोइरालाले स्वीकार गर्नुभएको जानकारी दिँदै उनले संविधानको सहज कार्यान्वयनमा कोइरालाको अभाव महसुस भइरहने उल्लेख गरे ।
प्रचण्डले भने- ‘उहाँलाई लोकतान्त्रिक आन्दोलनका स्थापित व्यक्तित्व र अथक योद्धाका रुपमा चिन्दछु । मुलुक र जनताले उहाँले खेल्नुभएको योगदानको चिरकालसम्म सम्झना गर्नेछन् ।’
मैले एक असल सहयात्री गुमाए
सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले कोइरालाको निधनमा आफूले एक असल सहयात्री गुमाएको भन्दै अबका दिनमा कोइरालाको अभाव खट्किरहने बताए ।
देशको ठूलो पार्टीको नेताको हैसियतले संविधानसभाबाट संविधान जारी गर्ने समयमा उहाँले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको र दीर्घकालसम्म मुलुक र नेपाली जनताले सम्झिरहने पैचण्डले स्पष्ट पारे ।
आफू पार्टी कामको सिलसिलामा पूर्वाञ्चलको भ्रमणमा रहेको र आज बिहान उहाँको निधन भयो भन्ने खबर सुन्दा आफूलाई पत्यार नलागेको प्रचण्डको भनाइ थियो । ‘जन्म र मृत्यु नियमित प्रक्रिया भएपनि मलाई उहाँको निधनले असाध्यै मर्माहत बनाएको छ ।’ अध्यक्ष प्रचण्डले भने ।
दिवङ्गत नेता गिरिजाप्रसाद कोइरालासँगको आफ्नो सम्बन्ध असाध्यै सुमधुर रहेको प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले पछिल्ला दिनमा सुशील कोइरालासँग पनि सोही खालको सम्बन्ध बनेको र त्यसले राष्ट्रिय समस्याको समाधान गर्न सहयोग गरेको स्पष्ट पारे ।















प्रतिक्रिया