काठमाडौं, २६ माघ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लू भएको पुष्टि भएको छ ।
सोमबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र्याल परीक्षणपछि श्रेष्ठलाई स्वाइन फ्लू देखिएको उनका सहयोगी सुसन कम्रचार्यले बताइन् । मंगलबारदेखि श्रेष्ठले औषधि खान सुरु गरेका छन् ।
श्रेष्ठलाई नौ दिनदेखि ज्वरो आइरहेको थियो । स्वाइन फ्लू देखिएपछि श्रेष्ठको चिकित्सको सल्लाह अनुसार घरमै उपचार भइरहेको छ । स्वाइन फ्लू अरुलाई सर्ने रोग भएकोले श्रेष्ठलाई बाहिर जान र भेट्नमा समेत प्रतिबन्ध लगाइएको छ ।












प्रतिक्रिया