काठमाडौँ, २६ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नरहरि आचार्यको रक्तचापका कारण मस्तिष्कघात भएको चिकित्सकले जनाएका छन् ।
उहाँका उपचारका संलग्न प्राडा उपेन्द्र देवकोटाले भन्नुभयो “रक्तचापका कारण रगतको नसा फुट्ने र रगत सञ्चालन नसा रोकावट हुने गर्दछ, नरहरिजीलाई रगत सञ्चालनको नसा फुटी रोकावट (ब्लक) भई मस्तिष्कघात भएको देखिन्छ ।”
केन्द्रीय सदस्य आचार्य आज बिहान नेकाका पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिक शरीरमा श्रद्धाञ्जलि दिने क्रममा अचानक बेहोस हुनुभएको थियो । यसपछि उहाँलाई तत्काल उपचारका लागि बाँसवारीस्थित न्युरो अस्पतालमा पु¥याइएको थियो ।
मस्तिष्कघात हुँदा मस्तिष्कभित्र रहेको पानीको भागका “रगतको थेग्लो” जमेको देखियो, यसलाई शल्यक्रिया गर्ने की नगर्ने भन्ने कुराको यकिन चार दिनदेखि सात दिनभित्रमा मात्र जानकारी हुने प्राडा देवकोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
‘‘नरहरिजी अहिले बोल्नसक्नु हुन्न तर चेतनास्तर बिग्रेको छैन, शरीरको दाहिनेपट्टि खुट्टा कमजोर देखिएको छ’’ उहाँले भन्नुभयो । प्राडा देवकोटाले चार दिनदेखि सात दिनभित्र मस्तिष्कमा जमेको रगतको थेग्लो पग्लिन्छ की पग्लिदैन भन्ने हेरिसकेपछि शल्यक्रिया गर्ने की नगर्ने यकिन जानकारी हुने बताउनुभयो ।
यस्तो किसिमका बिरामीका तत्काल शल्यक्रिया गर्दा बिरामीलाई बचाउने सम्भावना कम हुन्छ यसैले उहाँलाई तत्काल शल्यक्रिया नगरिएको हो, हामी उच्च निगरानीमा रहेको छाँै उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य आचार्यको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पताल उहाँलाई तत्काल सिटिस्क्यानलगायत अन्य परीक्षण गरिएको थियो ।
रक्तचापका कारण मुटु, मस्तिष्क, मिर्गाैला र आँखाका असर पु¥याउँछ । प्राडा देवकोटाले भन्नुभयो “हामी सबै किसिमले स्रोत र साधनले सम्पन्न छौँ, उहाँको सफल उचार हुन्छ ।” रासस












प्रतिक्रिया