१४ कार्तिक २०८३, शनिबार

आमा विहेको पार्टीमा मस्त, दुई छोराको घरमा जलेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejungताप्लेजुङ, २६ माघ । सावादिन गाविसमा गए राति आगलागीमा परी दुई बालकको मृत्यु भएको छ ।

घरमा अभिभावक नभएका समयमा करिब ९ बजेतिर सावादिन–८ का पेमादावा शेर्पाका घरमा लागेको आगोमा परी पेमादावाकै छोरा पाँच वर्षीय फुर्वा र छिमेकी कालवीर शेर्पाका तीन वर्षीय छोरा दसीको मृत्यु भएको हो ।

आगलागीमा परी अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा पेमादावाका दुई छोरी आठ वर्षीया फुर्वा र ११ वर्षीया चाउरी शेर्पा छन् । राति करिब आधा घन्टाको दूरीमा पर्ने छिमेकीको विवाहमा दुवै बच्चाका आमा निस्किएकाले घरमा ठूलो अभिभावक नहँुदा समयमा नै उद्धार हुन नसकेको प्रहरीले जनाएको छ ।

उक्त आगलागी भएको घरआसपास नजिकै अन्य घर नभएकाले पनि छिमेकीलाई आगलागीबारे समयमै जानकारी नभएको बताइएको छ । आगलागी भएको थाहा पाएर दुई घाइते दिदीबहिनीले भाइहरुलाई उठाएको तर बाहिर निकाल्न नसकेको बताइएको छ ।

आगाले घरको अधिकांश भाग जलिसकेको अवस्थामा मात्र शेर्पा परिवारले थाहा पाएको थियो । आगलागी भएको निकै समयपछि छरछिमेक र घरका अभिभावक निस्किए पनि उनीहरुलाई निकाल्न नसकिएको प्रहरीको भनाइ छ । भान्साकोठामा ननिभाई राखिएको आगो सल्किएर घरमा आगलागी भएको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । दुई घाइतेको स्थानीय उपचार भइरहेको छ । रासस