
– सुदीप अधिकारी
बर्दिया, २६ माघ । एक साता बित्दापनि प्रहरीले चोर समात्न नसकेको भन्दै बर्दिया भुरिगाउँका इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल व्यवसायीहरु आन्दोलित भएका छन् ।
चोर पक्राउ गर्न प्रहरी उदासिन भएको आरोप लगाउँदै त्यसको विरोधमा व्यवसायीहरुले मंगलबार विहान १० बजेदेखि दिउसो १ बजेसम्म भुरिगाउँ बजारमा रहेको आ आफनो इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल पसल बन्द गरेर आन्दोलनमा उत्रे ।
एक साताअघि भुरिगाउँ बजारमा जिजि ब्रदर्शले संचालन गरेको माइक्रोटिच कम्प्युटर एजुकेशन एण्ड इलेक्ट्रोनिक्स पसलमा चोरी भएको थियो । पसलका प्रोप्राइटर गोपाल निरौलाका अनुसरा पसलबाट चोरले करिव ३ लाख भन्दाबढीको मोवाइल,क्यामेरालगाएतका इलेक्टोनिकल सामाग्री चोरेर लगेको छ । चोरी कार्यमा संलग्न व्यक्तिहरुको सिसि कयामेरामा कैद भएको फुटेजसमेत प्रहरीलाई उपलब्ध गराउँदा पनि प्रहरी हालसम्म चोरलाई पक्रन नसकेको भन्दै व्यवसायीहरु आक्रोशित भएका छन् ।
चोरी भएको पसल प्रहरी बिटको करिव सय मिटर दुरीमा पर्छ । प्रहरी बिट कै सामुन्ने पसल चोरी भएपछि व्यवसायको सुरक्षाको विषयलाई लिएर व्यापारीहरु चिन्तीत भएका छन् ।
यता प्रहरीले भने अनुसन्धान जारी रहेको बताएको छ । इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक शंकरदत्त भाटले घटनाको अनुसन्धानका लागि प्रहरीको एक टोली नै गठन गरेर अनुसन्धान जारी राखेको बताएका छन् ।












प्रतिक्रिया