
काठमाडौं, २६ माघ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको बुधबार राजकीय सम्मान सहित अन्तिम संस्कार गर्ने सरकारले तयारी थालेको छ ।
सँगै कोइरालाको विद्युतीय शवदह गृहमा राजकीय सम्मान सहित गरिने पहिलो अन्तिम संस्कार पनि हुने भएको छ ।
माघ १० गते आईतबारबाट शव दहन सुरु भएको विद्युतीय शव दह गृहमा कोइरालाको पार्थिव शरिरको अन्त्येष्टि गरिने सरकारी तयारी छ । यद्यपी यसमा पारिवारिक सहमति लिइने छ ।
यस्तै, आज बसेको नेपाली काँग्रेस पदाधिकारीको आकस्मिक बैठकले पनि परिवारको सहमति भएमा स्व. नेता कोइरालाको पार्थिव शरिरलाई परिवारको सहमति भएमा विद्युतीय शवदह गृहमा अन्त्येष्टि गर्ने निर्णय गरेको महामन्त्रि प्रकाशमान सिंहले जानकारी दिए ।
नेता कोइरालाको बुधबार २ बजेपछि दशरथ रंगशालाबाट शवयात्रा गरि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।












प्रतिक्रिया