
काठमाडौं, २६ माघ । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
आज बिहान बसेको मन्त्रीपरिषद्को बैठकले राजकीय सम्मानका साथ कोइरालाको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले कोइरालाको निधनमा ‘शोक मनाउन’ भोली (बुधबार) सार्वजनिक विदा समेत घोषणा गरेको छ ।
साथै, माघ २६ देखि २८ गते तीन दिन देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
वर्तमान संसदमा प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता समेत भएकाले कोइरालाको अन्तिम संस्कार राष्ट्रिय सम्मान गरिने भएको हो ।












प्रतिक्रिया