१४ कार्तिक २०८३, शनिबार

सवारी दुर्घटनामा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunsari_districtइटहरी, २६ माघ । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिकास्थित दुहवी बजारमा स्कुटर र ट्र्याक्टर जुध्दा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार गएराति भएको दुर्घटनामा स्कुटरमा यात्रारत शनिश्चरेपथरी नगरपालिका–१२ का २५ वर्षीय प्रविण कटवाल र विराटनगर उपमहानगरपालिका–१५ निवासी ३० वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो ।

को४प ३३३६ नंको स्कुटर र को१त ५१११ नंको ट्र्याक्टर जुधेर गम्भीर घाइतेका कटवाल र श्रेष्ठलाई विराटनगरमा उपचारार्थ लैजाने क्रममा मृत्यु भएको हो । रासस