
ओखलढुंगा, २६ माघ । नेपाली काँग्रेसको १३ औं जिल्ला अधिवेशनबाट देउवापक्षको प्यानलै निर्वाचित भएको छ ।
संस्थापन र देउवा पक्षको प्यानलै बनाएर चुनावी मैदानमा उत्रिएको काँग्रेसको आन्तरिक चुनावमा संस्थापन पक्षका केही सदस्यहरु मात्र विजयी भएका छन् ।
सभापतिमा देउवा पक्षका प्रदिप सुनुवार ३४३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले संस्थापनका बालकृष्ण दाहाललाई पराजित गर्नुभएको हो । दाहालले २ सय ३९ मल ल्याउनुभएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्षमा थमानसिं गुरुङ र सचिवमा नवराज केशी निर्वाचित हुनुभएको छ । गुरुङ र केशी दुवैजना देउवा पक्षको प्यानलबाट चुनाव लड्नुभएको थियो ।
चर जना पूर्व सभापति, पूर्व सांसद र युवा नेताहरुले दाहाललाई अघि सारे पनि मतदानमा देउवा पक्षका सुनुवारसहित अधिकांश प्यानलै भारी मत अन्तरले विजयी भएको छ । समर्थक धेरै देखिए पनि मतदान विपरित आएपछि संस्थापन पक्षले पैसाको चलखेल गरेर देउवा पक्षले अस्वस्थ प्रतिस्पर्धा गरेको आरोप लगाएको छ ।












प्रतिक्रिया