१४ कार्तिक २०८३, शनिबार

कोइरालालाई पार्टी कार्यालय लगियो, १२ बजेपछि दशरथ रङ्गशाला राखिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Dassकाठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपाल लगिएको छ ।

अहिले केही समय अगाडि महाराजगञ्जस्थित निवासबाट कोइरालाको पार्थिव शरीरलाई सानेपास्थिति पार्टी कार्यालयमा लगिएको हो । कांग्रेसका अनुसार मध्यान्ह १२ बजेसम्म कोइरालाको पार्थिब शरीरलाई सानेपामा राखिनेछ ।

कोइरालालाई कांग्रेसका नेता तथा कार्यकर्ताको बीचबाट महाराजगञ्ज, टिचिङ, लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, बल्खु हुँदै सानेपा पुगाइनेछ ।

त्यसपछि अन्तिम श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राखिने बुझिएको छ ।

कोइरालाको अन्तिम दाहसंस्कार कहिले गर्ने भन्ने विषयमा अहिले केही समयपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ ।