१४ कार्तिक २०८३, शनिबार

सभापति कोइरालाको पार्थिव शरीर पार्टी कार्यालय लगिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralasssकाठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई महाराजगञ्जस्थित निवासबाट पार्टी कार्यालय सानेपा लगिँदैछ ।

अहिले ८ बजे कोइरालाको पार्थिब शरीरलाई ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगेर राखिने कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।

‘सभापति कोइरालाको पार्थिव शरीरलाई ८ बजे केन्द्रीय कार्यालय सानेपाल लैजान्छौँ’, उहाँले भन्नुभयो, ‘११ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । सोही बैठकले गर्ने निर्णयअनुसारका कार्य गरिनेछ ।’

सभापति कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि कहाँ राख्ने भन्ने विषयमा पनि कांग्रेसले ११ बजे बस्ने बैठकबाट निर्णय गर्नेछ ।