
काठमाडौँ, २५ माघ । भारतको पिथौरागढमा सञ्चालन हुने नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘भारत– नेपाल संयुक्त समूह तालिम अभ्यास सूर्यकिरण नवौँ संस्करण’ आजदेखि सुरु भएको छ ।
अभ्यासको भारतीय सेनाका ब्रिगेडियर जनरल सञ्जय शर्माले दुवै देशको राष्ट्रिय झन्डामा सलामी अर्पण गर्दै शुभारम्भ गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाबाट प्रमुख सेनानी अशोकबहादुर चन्दको नेतृत्वमा ३०० र भारतीय सेनाबाट ३०५ गरी ६०५ जनाको सहभागिता रहेको अभ्यास आगामी फागुन ९ गते सम्पन्न हुनेछ । यसअघि आठौं संस्करण नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्र, सालझन्डी, रुपन्देहीमा भएको थियो ।
संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा जङ्गलमा गर्नुपर्ने युद्धकलासम्बन्धी प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रुपमा प्रयोग गर्न अभ्यास गर्नेछन् ।












प्रतिक्रिया