१ कार्तिक २०८३, शनिबार

पौडीमा नेपाललाई अर्को सफलता, गौरीकालाई दोस्रो कांस्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaurika Singगुहाटी, २५ माघ । नेपालको पदक तालिकामा पौडीबाट गौरिका सिंहले अर्को पदक थप गरेकी छिन् ।

१२औं दक्षिण एशियाली खेलकुदमा नेपालको लागि पदक जोड्ने क्रममा उनले १०० मिटर ब्याकस्ट्रोकमा १ मिनट ०७.३१ सेकेन्डका साथ कास्य पदक प्राप्त गरिन् ।

गौरिकाको यस प्रतियोगितामा ब्यक्तिगत दोश्रो पदक समेत रहेको छ । उनले २०० मिटर ब्याकस्ट्रोकमा समेट कास्य पदक प्राप्त गरेकी थिईन् ।

भारतले १ मिनट ०३.७८ सेकेन्डमा साथ स्वर्ण र दोश्रो स्थानमा रहेको श्रीलङकाले उक्त दुरी १ मिनट ०६.०० सेकेन्डमा पुरा गरेको थियो ।

लन्डनमा अध्यनको क्रममा रहेकी गौरीकाले त्यही साग तयारीको क्रममा त्यहिं बिदेशी प्रशिक्षकबाट प्रशिक्षण लिंदैं आएकी थिईन् ।

गौरीकाको पदकबाट हौसिएका पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले पौडीबाट थप दुई पदक प्राप्त गर्ने विश्वास ब्यक्त गरे ।