सप्तरी, २५ माघ । नक्कली प्रमाणपत्र पेस गरी चिकित्सकको जागिर खाएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सप्तरीमा कार्यरत एकजना चिकित्सकलाई पक्राउ गरेको बताइएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राजविराजस्थित गजेन्द्रनारायाण सिँह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत चिकित्सक राजेन्द्रप्रसाद दासलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
राजविराज–३ निवासी दासलाई अनुसन्धानका लागि सिआइबीको टोलीले काठमाडौं लगेको बताइएको छ । पक्राउ परेका दासको प्रमाणपत्र नक्कली परेकाले पक्राउ गरिएको बताइएको छ तर कुन प्रमाणपत्र नक्कली हो भने खुलाइएको छैन । यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १२ जना नक्कली प्रमाणपत्र पेस गरी चिकित्सक बनेकालाई पक्राउ गरेको थियो । रासस












प्रतिक्रिया