१४ कार्तिक २०८३, शनिबार

पसलमा आगलागी हुँदा बर्दियामा दुई बालबालिकाको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Source: Google Maps

– सुदीप अधिकारी
बर्दिया, २५ माघ । आफनै किराना पसलमा आगलागी हुँदा बर्दियामा दुई वालवालिकाको ज्यान गएको छ ।

बर्दियाको पशुपतीनगर घर भै पाताभारमा व्यापार गरी बस्ने भवानि प्रसाद न्यौपानेको पसलमा हिँज बेलुका अचानक आगलागी हुँदा निजका ८ वर्षीय छोरा घनश्याम न्यौपाने र ४ वर्षिया छोरी स्वस्तीका न्यौपानेको जलेर ज्यान गएको प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जनाए ।

न्यौपानेकी श्रीमती कोपिला न्यौपाने सामान्य घाईते हुनुभएको छ । आगलागीको कारणबारे अन्य अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।