१ कार्तिक २०८३, आइतबार

महाकाली नदीमा पानीको सतह बढ्यो, सवारी आवागमनमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sharada-Byarej

महेन्द्रनगर, ३ साउन । महाकाली नदीमा पानीको सतह बढेपछि शनिवार बिहान सात बजेदेखि शारदा ब्यारेजमा चार पाङग्रे सवारी साधनको आवागमन बन्द भएको छ ।

महाकालीमा नदीमा १ लाख क्युसेक पानी पुगेपछि खतरा मानिन्छ तर अहिले उक्त नदीमा १ लाख ५० हजार क्युसेक पानी पुगेको छ ।

पहाडी क्षेत्रमा चार दिनदेखि लगातारा वर्षा भएपछि नदीमा पानीको सतह बढेको हो ।

साइकल र मोटरसाइकल आवागमन भइरहेपनि चार पाङ्ग्रे सवारी आवामगन बन्द गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।