१४ कार्तिक २०८३, शनिबार

महामन्त्री सिंहले जिताएका को–को गए देउवातिर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raju Shrestha Nepali Congress Ktmकाठमाडौं, २५ माघ । नेपाली कांग्रेस काठमाडौंको अधिवेशन सुरू भएको छ । सोमबार उद्घाटन भएको अधिवेशनको मंगलवार निर्वाचन हुँदैछ ।

अधिवेशनको एक दिनअघि ३ वटा समूहको तर्फबाट उमेद्वारी घोषणा भएको छ । आइतवार काठमाडौ कांग्रेसका सभापतिमा बहालवाला सभापति भीमसेनदास प्रधानसहित सबुज वानियाँ र नरोत्तम वैधले उमेद्वारी घोषणा गरे ।

पत्रकारहरुका बीचमा वहालवाला सभापति प्रधानले पनि उम्मेद्वारी घोषणा गरे । संस्थापन पक्षबाटै वर्तमान सभापति रहेका प्रधानले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचमा रहे पनि काठमाडौं कांग्रेसका कार्यकर्ताको आग्रहमा पुनः जिल्ला सभापतिमै उम्मेदवारी घोषणा गरेको बताए । नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष समेत रहेका सभापतिका उमेद्वार प्रधानलाई कांग्रेस नेता नरहरी आचार्य र गगन थापाले समर्थन जनाएका छन् ।

काठमाडौंका नवनिर्वाचित केहि क्षेत्रीय सभापतिहरुलाई राखेर महाधिवेशन प्रतिनिधी वानियाँले एक पार्टी प्यालेसमा काठमाडौं सभापतिको उमेद्वारी घोषणा गरे । उनको समुहमा सचिव पदमा राजकुमार कार्की र कोषाध्यक्षमा गोविन्द पुडासैनीका उम्मेद्वारी घोषणा भयो ।

संस्थापन पक्षका यो समूहलाई महामन्त्री प्रकाशमान सिंहले समर्थन जनाएका छन् । वानियाँको घोषणा कार्यक्रममा काठमाडौंका ८ जना क्षेत्रीय सभापति रहेको दावी गरिएको छ । सबुजलाई उमेद्वार बनाउन नहुने लविङ गर्दै आएका क्षेत्रीय सभापतिहरु पनि त्यहाँ थिए। देउवा पक्षीय चिनिने कतिपय सभापतिहरुको त्यहाँ देखिएको उपस्थितिलाई धेरैले अनौठो मानेका थिए।

आइतवार साँझतिर भने कांग्रेसका बरिष्ठ नेता देउवा पक्षबाट महाधिवेशन प्रतिनिधी नरोत्तम वैधले उमेद्वारी घोषणा गरे। वानेश्वरको एक होटलमा आयोजिक कार्यक्रममा वैधको उमेद्वारी घोषणा भयो । उनको उम्मेद्वारी घोषणा कार्यक्रममा देउवापक्षीय नेताहरु सांसद ध्यानगोविन्द रञ्जित क्षेत्र नम्वर २का सभापति उपेन्द्र कार्की थिए ।

विहान वानियाँको घोषणा कार्यक्रममा देखिएको अनौठो दृश्य साँझसम्म आइपुग्दा केहि परिवर्तन भइसकेको थियो । वानियाँका कट्टर आलोचक र जिल्ला सभापति बन्न नदिन महामन्त्री सिंहसँग समेत पहल गरेका क्षेत्र नम्वर ४का सभापति राजु श्रेष्ठ नयाँ उमेद्वार लिएर वानेश्वरमा देखा परे ।

तर तिनै राजु श्रेष्ठ विहान वानियाँलाई वधाई र शुभकामना दिन गएका थिए भने साँझ फेरि नयाँ उमेद्वारी घोषणा कार्यक्रममा किन गए भनेर वानियाँ क्याम्पमा व्यापक चिन्ता देखिएको छ ।

वानेश्वरमा वैधको उमेद्वारी घोषणा गर्ने सोहि कार्यक्रममा उपेन्द्र कार्कीले काठमाडौंमा ५ क्षेत्रीय सभापति देउवा पक्षीय भएको दावी गरे। आफूहरुसँग ५ क्षेत्रीय सभापति रहेको अवस्थामा बरिष्ठ नेता देउवासँगको सल्लाह पछि वैधलाई उमेद्वारी बनाएको कार्कीले घोषणा गरे। क्षेत्र नम्वर २का सभापति कार्कीले त्यसो भनिरहँदा उमेद्वारी घोषणामा भने उनीसहित क्षेत्र नम्वर ४ का राजु श्रेष्ठ मात्र उपस्थित थिए।

काठमाडौंमा कांग्रेसका राजनीतिहरु बुझेकाहरु भन्छन यहाँ संस्थापन र देउवा पक्ष भनेर बुझ्न एकदमै गाह्रो छ। सायद केन्द्रीय राजनीतिमा शेर बहादुर देउवा र प्रकाशमानसिंहको बीचमा सोजो प्रतिष्पर्धा नभएका कारण पनि तलका कार्यकर्ताहरुले दुबैलाई रोज्न पाएका छन् ।

नत्र यस्तो राजनीतिक समिकरण अन्य जिल्लामा कमै पाइन्छ। यसपटक पनि दुई नेता एकै पदमा उठ्ने अवस्था छैन। यसैका कारण पनि काठमाडौंको स्थानिय राजनीतिमा देउवा र सिंहको कार्यगत एकता छ ।

त्यसैले देउवा निकटहरुले आफू निकटहरु ५ क्षेत्रीय सभापति रहेको दावी गर्दा संस्थापनबाट महामन्त्री बनेका सिंहले १० जना सभापतिहरु मध्ये ८ जना संस्थापन पक्षको रहेको दावी गर्छन। तर देउवा पक्षीय नेता र संस्थापन पक्षका नेताको दावी भने एक आपसमा विरोधाभाषपूर्ण छ ।

हुनपनि क्षेत्र नम्वर ४का राजु श्रेष्ठ देउवा र सिंहसँग नजिक हुन। क्षेत्र नम्वर ५ का रमेश खड्का भने देउवा सिंह र अर्का नेता नरहरी आचार्यसँग नजिक छन् । क्षेत्र नम्वर ९ का जयकृष्ण महर्जन पनि देउवा समुह र सिंहसँग नजिक छन्। क्षेत्र नम्वर १ का प्रकाशविक्रम राणा क्षेत्र नम्वर ३ सन्तोस चालिसे पनि दुवैतिर नजिक छन्।

सबुजलाई मत दिन सकिन्न

नरोत्तम वैद्यलाई उमेद्वार बनाउन भेला भएका देउवा पक्षीय काठमाडौंका नेताहरुले आफहरुले मत हाल्ने ठाउँ नपाएर वैद्यलाई उठाएको बताए ।

फरक क्याम्पमा भएका प्रधान विद्धान संगठनका लागि खटिने व्यक्ति भएपनि अलग क्याम्प भएका कारण उनलाई समर्थन गर्न नसकिएको तर महामन्त्री सिंहले उठाएको व्यक्ति भने पैसाको वलमा मात्र राजनीतिमा टिक्ने खालको भएको उनीहरुको आरोप छ ।

हुन पनि २०५८ सालपछि काँग्रेस बनेका वानियाँ एसएलसी पनि उतीर्ण नभएको काँग्रेसहरुमा चर्चा छ। गोगंवु महादेवखोला आसपास जग्गा प्लटिङ गरेर २०५५ सालयता अर्वौ रुपैयाँ कमाएका भनिएका वानियाँले त्यहि पैसाको भरमा पार्टी कव्जा गर्ने सोच बनाएपछि उनको उमेद्वारीका बिरुद्धमा व्यापक टिकाटिप्पणी भएको छ । त्यसैले पनि वानियाँको बिरुद्धमा बैद्यको उम्द्वारीमा जानुपरेको देउवा पक्षको भनाई छ ।

काठमाडौंको अधिवेशन अघी स्थानिय नेताहरुको दौडधुप तथा समिकरणले कस्ले कस्को उमेद्वारलाई कुन रुपमा सहयोग गर्छ बुझ्न कठीन छ ।

यि तीन उमेद्वार एक अर्कालाई छोड्न सक्ने अवस्थामा पनि नरहेको तथा समिकरण यस्तै रहे काठमाडौंको नेतृत्व छान्न दोस्रो चरण पुग्न सक्नेछ ।