
काठमाडौं, २५ माघ । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले सोमबार पहिलो स्वर्ण जितेको छ ।
१६ बर्षीय निमा घर्तीमगरले उसुको थाउलोअन्तर्गत् छानछ्वजान अलराउन्डमा पहिलो स्वर्ण जितेकी हुन् ।
आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोश्रो चरणमा ८.४६ कुल १६.९१ अंक प्राप्त गर्दै उनले स्वर्ण जितेकी हुन् । यो स्पर्धामा भारतले रजत र पाकिस्तानले काश्य पदक जितेको छ ।
यस्तै, उसुको नानकुन तर्फ पनि सोमबार एक रजत पदक प्राप्त गरेको छ । सोमबार भएको प्रतिष्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् ।
यससँगै नेपालको पदक संख्या १ स्वर्ण ४ रजत र ६ काँस्यसहित ११ पुगेको छ । यसअघि महिला पुरुष फुटबल र व्याटमिन्टन लगायतका खेलमा नेपालले कास्यपदक जितेको थियो ।
















प्रतिक्रिया