१४ कार्तिक २०८३, शनिबार

कांग्रेस कञ्चनपुरमा चारजना आकाङ्क्षी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flagभीमदत्तनगर, २५ माघ । नेपाली कांग्रेसको आसन्न १३औँ महाधिवेशनको कार्यतालिकाअनुसार कञ्चनपुरमा आज जिल्ला कार्यसमितिको सभापतिसहितको पदमा निर्वाचन हुँदैछ ।

वडा, नगर, क्षेत्र हुँदै आज जिल्ला नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । कांग्रेस कञ्चनपुरको सभापतिका लागि भोजराज बोहरा, गोपाल गुरुङ, हरिप्रसाद बोहरा र पदम बोगटी चुनावी मैदानमा उत्रिएका छन् ।

चारजनामध्ये तीन पटक कांग्रेस कञ्चनपुरको सचिवमा जिम्मेवारी सम्हालिसकेका भोजराज बोहरा पुराना नेतासमेत हुन् । त्यस्तै गुरुङ कांग्रेसको भ्रातृ सङ्गठन आदिवासी जनजाति क्षेत्रमा जिल्लामा सक्रिय राजनीति गर्दै आएका व्यक्ति हुन् ।

त्यसैगरी हरि बोहरा हालका पार्टी उपसभापति हुन् भने बोगटी हाल सचिव पदमा जिल्लाको पार्टीको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् । सभापतिको आकाङ्क्षी देखिएका गुरुङबाहेक बाँकी तीनजना नेता कञ्चनपुरको क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

भोजराज बोहरा र गोपाल गुरुङ पार्टीभित्र संस्थापन र हरि बोहरा र पदम बोगटी देउवा पक्ष निकट मानिन्छन् । सभापतिसँगै समितिको अन्य पदका लागि पनि आजै उम्मेदवारी दर्ता गरिने र मङ्गलबार मात्रै निर्वाचन हुने कांग्रेस कञ्चनपुरले जनाएको छ । रासस