७ कार्तिक २०८३, शनिबार

कसले दियो कर्णेल कुमार लामाको अवस्था हुने चेतावनी ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-Kiran-Gurungकाठमाडौं, २५ माघ । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष डा सूर्य किरण गुरुङले द्वन्द्वकालीन घटनाका दोषीलाई कारबाही गर्नु भन्ने सिफारिस पूरा नभए धेरैको नियति नेपाली सेनाका कर्णेल कुमार लामाकै हुने चेतावनी दिएका छन् ।

आयोग गठन भएको एक वर्ष पुगेपछि हालसम्मको प्रगति विवरण समेटेर अन्तरिम प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई आइतबार बुझाए लगत्तै गुरुङले भने, ‘आयोगका सिफारिसलाई सरकारले हलुका ढंगले नलिओस् ।’

ओलीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोगले समेत प्रतिबेदन बुझाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

दुबै आयोग गठन भएको एक वर्ष पुगे पनि सरकारले नियमावलीसमेत पारित गरेको छैन । नियमावली नहुँदा उजुरी लिने र छानबिन सुरु गर्ने प्रक्रिया नै पनि प्रारम्भ गर्न दुबै आयोग असमर्थ छन् ।

दुई वर्षको कार्यादेश पाएका आयोगको एक वर्ष त्यसै बितेपछि अर्को वर्ष पनि यसै गरी बिते के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नपछि जवाफ दिँदै अध्यक्ष गुरुङले त्यसपछि नेताहरुको हविगत मानव अधिकार उल्लंघनको अभियोगमा बेलायतमा मुद्दा चलिरहेका कर्णेल लामाकै जस्तो हुन सक्ने बताएका हुन् ।