
काठमाडौं, २४ माघ । भारतीय ज्यादतिविरुद्ध पाकिस्तान प्रतिकारमा उत्रिएको छ ।
यसैक्रममा आइतबार पाकिस्तानले भारतसँग बदला लिएको भारतीय च्यानल आजतकले समाचारमा उल्लेख गरेको छ ।
समाचार अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजराज राज्यको कच्छ जिल्लामा भारतीय तट रक्षकद्वारा ११ पाकिस्तानी माझी पक्राउ गरेको भोलिपल्टै पाकिस्तानले गुजरात तट नजिकैबाट १२ भारतीय माझीलाई नियन्त्रणमा लिएको छ ।
पाकिस्तानको यो कदमलाई भारतले बदलाको भावमा हेरेको छ । आफ्ना माझी पक्रेपछि पाकिस्तानले भारतका माझीलाई पक्रेर कराची पुगाएको छ भने दुई वटा डुंगालाई पनि जपत गरेको छ ।
शनिवार भारतीय तट रक्षकले कच्छ जिल्लाको जखाउ तट नजिकैबाट ११ पाकिस्तानी माझीलाई पक्रेका थिए ।
नेशनल फिशवर्क्स फोरम (एनएफएफ) का सचिव मनीष लोधारीले पाकिस्तान मैरीटाइम सिक्यारिटी एजेन्सी (पीएमएसए)ले भारतीय माझीलाई अन्तर्राष्ट्रिय समुद्र सीमा रेखा नजिकैबाट पक्रेको बताए ।















प्रतिक्रिया