१४ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिद्वारा भुटानका राजारानीलाई बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhyadevi Bhandari

काठमाडौँ, २४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकलाई आज एक सन्देश पठाउनुहुँदै उहाँलाई पहिलो सन्तान प्राप्त भएकामा बधाई दिनुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले राजा वाङचुक र रानी तथा भुटानी जनतालाई नेपाल सरकार र जनताका तर्फबाट समेत यस सुखद घडीमा बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपतिले गत शुक्रबार जन्मनुभएका अधिराजकुमार थे ग्याल्सेलाई पनि सुखी जीवनको कामना गर्नुभएको छ । रासस