१४ कार्तिक २०८३, शनिबार

दुई सरकारी कार्यालयमा आकस्मिक निरीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

okhaldhunga_districtओखलढुंगा, २४ माघ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लाका सरकारी कार्यालयको आकस्मिक अनुगमन गरेको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय ओखलढुंगा र कोष लेखा तथा नियन्त्रण कार्यालयमा प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले आकस्मिक निरीक्षण गर्नुभएको हो ।

निरीक्षणमा कार्यालयका नागरीक वडा पत्रको अवस्था, कार्यालयले प्रवाह गरेको सेवा सुविधाको अवस्था, सरसफाइ, सुचना अधिकारी राखिएको नराखिएको, बार्षिक कार्यक्रम समयमा सम्पन्न गरे नगरेको विषयमा निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो ।

निरीक्षणका क्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयमा सुचना अधिकारी नभएका कारण तत्काल सुचना अधिकारी राखी जानकारी गराउन, कार्यालयमा सरसफाइ गर्न निरीक्षणपछि निर्देशन समेत दिनुभएको छ ।

त्यस्तै शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा नेम प्लेट राख्न तथा बार्षिक कार्यक्रम समयमै कार्यान्वन गर्न प्रजिअले निर्देशन दिनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसै विच प्रमुख जिल्ला अधिकारी सुवेदीले सडकमा अव्यबस्थित रुपमा गाडी पार्किङ गर्ने, सवारी साधनलाई कार्वाहि गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनुभएको छ ।

ओखलढुगाको रमाइलो डाँडामा सडकमा पैदलयात्रीलाई आवत जावत मा समस्या हुने गरी वाटो अवरुद्ध पारीने भएकोले सडकमा पार्किङ गरीने सवारी साधनलाई कार्वाही गर्न निर्देशन दिइएको उहाँको भनाइ छ ।