१ कार्तिक २०८३, आइतबार

‘अब कृषकलाई पनि पेन्सन दिइने’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa-Moneyपथरी (मोरङ), २४ माघ । कृषकका लागि निवृत्तीभरण(पेन्सन) को व्यवस्था गर्न लागिएको कृषि विकास मन्त्री हरिबोल गजुरेलले बताउनुभएको छ ।

विराटनगरमा सुरु भएको नवौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०७२ को आज उद्घाटन गर्दै मन्त्री गजुरेलले कृषिको विकासका लागि मन्त्रलायले किसानको वर्गीकरण गरेर पेन्सनको व्यवस्था गर्ने आश्वासन दिनुभयो ।

उहाँले किसान व्यवसाय नै छाडेर विदेश पलायन हुनुपर्ने अवस्थालाई रोक्न सरकारले विशेष योजना ल्याउन लागेको बताउँदै
कृषिमा ठूला फार्म निर्माणका लागि पानी, बिजुली तथा अत्यावश्यक सुविधा दिन आवश्यक रहेकामा जोड दिनुभयो । रासस