१४ कार्तिक २०८३, शनिबार

पुजा गर्न हिडेका तोयानाथ जंगलमा मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

palpa_districtरामपुर (पाल्पा), २४ माघ । रिङ्गनेरह–५ रोडेनको जङ्गलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

रिङ्गनेरह–८ अर्खलडाँडा बस्ने ५१ वर्षीय तोयानाथ पङ्गेनी गएराति जङ्गलमा मृत फेला परेका हुन् ।

मृतक पङ्गेनी शुक्रबार गाउँमा पूजामा जान हिँडेको र घर नफर्किएपछि आफन्त, छिमेकीले खोजी गर्ने क्रममा शरीर अङ्गभङ्ग भएको अवस्थामा फेला परेको मृतकका दाजु प्रेम पङ्गेनीले जानकारी दिनुभयो ।

ताहुँ प्रहरी चौकीले घटनाको अवलोकन गरेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली खटिएको बताइएको छ । रासस