– झलक पाली
डोटी, २४ माघ । नेपाली काँग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रबार भएको निर्वाचनको मत परिणाम अनुसार देउवा पक्षका नेताहरुको प्रभुत्व देखिएको छ ।
निर्वाचन परिणाम अनुसार निर्वाचन क्षेत्र नं. १ बाट खुल्लातर्फ ६ जना महाधिवेशन प्रतिनिधी चयन भएका छन् । जसमा वर्तमान व्यवस्थापिका सांसद बिरबहादुर बलायर र भरत बहादुर खड्का, पूर्व मन्त्री भक्तबहादुर बलायर, वर्तमान कार्यवाहक जिल्ला सभापती रामप्रसाद उपाध्याय, पुष्प कुमार शाही र नरेन्द्रबहादुर सिंह रहेका छन् । त्यस्तै महिलातर्फ प्रशीस महरा र माया कुँवर रहेका छन् भने दलीत प्रतिनिधीमा कुमार सिं टेलर छानिएका छन् ।
जनजाति÷आदिबासीतर्फ लक्ष्मी श्रेष्ठ छानिएकी छन् भने अल्पसंख्यकमा मुक्तिनाथ शर्मा निर्वाचित भएका छन् । दलीत प्रतिनिधीका लागि भएको निर्वाचनमा वर्तमान व्यवस्थापिका सांसद कल्पना सोव भने क्षेत्रीय निर्वाचनबाटै गुल्टीएकी छन् । क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधि छनौट भएकाहरुमध्ये भरतबहादुर खड्का बाहेक सबै देउवा पक्षधर हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट पनि खुल्लातर्फ ६ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जसमा प्रदिप देउवा, लोकेन्द्र बहादुर शाही, भूमीराज बडु, बीरबहादुर जेठारा, कृष्णबहादुर चन्द र दिल बहादुर बम रहेका छन् । महिलातर्फ प्रतिमा शाही र मिना बिष्ट रहेका छन् भने दलीत प्रतिनिधमिा लाल बहादुर बिक पहिले नै निर्बिरोध छानिएका थिए । आदिबासी÷जनजातीतर्फ तेजबहादुर पुन छानिएका छन् भने अल्पसंख्यकबाट योगेन्द्र सिं माझी(गोपाल) निर्वाचित भएका छन् ।
क्षेत्र नं.२ मा दिलबहादुर बम बाहेक सबै देउवा पक्षधर रहेको बुझिएको छ ।
दुई वटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिमा पनि देउवा प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन क्षेत्र नं.१ बमवहादुर कठायतलाई पराजित गर्दै बिजय खड्का विजयी भएका छन् । सचिव र कोषाध्यक्षमा क्रमशः दिर्घराज भट्ट र भरत रावल धामी र अन्य सदस्यहरुको समेत पहिले नै टुङ्गो लागि सकेको काँग्रेस स्रोतले जनाएको छ ।
उता क्षेत्र नं. २ मा सोपान सिं बोहरालाई पराजित गर्दै सिताराम जोशी विजयी भएका छन् । सचिव र कोषाध्यक्षमा क्रमशः बुद्धिसागर बिनाडी र छपेश सिं मल्ल निर्विरोध भईसकेका थिए भने अन्य सदस्यहरुको समेत पहिले नै टुङ्गो लागिसकेको थियो ।
निर्वाचन क्षेत्र नं. १ मा २ सय ७६ मतदाता मध्ये २ सय ७२ मत खसेको र निर्वाचन क्षेत्र नं. २ मा २ सय ५८ मतदाता मध्ये २ सय ५० मत खसेको जनाईएको छ ।












प्रतिक्रिया