काठमाडौं, ३ साउन । पत्रकार सुरेन्द्र फुयालबिरुद्ध फिलिपिनी महिला चीन (चरिना) काब्रिडोले दायर गरेको सम्वन्ध विच्छेद, घरेलु हिंसा लगायतका मुद्दा काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ।
काब्रिडोले आफू र बीबीसीमा कार्यरत पत्रकार फुयालबीच केहि वर्षअघि ‘लीभ९इन’ सम्वन्ध रहेको लगायतका दाबीहरु गर्दै फुयालबिरुद्ध ती मुद्दा दायर गरेकी थिइन्।
न्यायाधिश नारायणप्रसाद श्रेष्ठको इजलासले ती मुद्दामा माग दाबी नपुगेको ठहर गर्दै खारेज गरिदिएको एक अधिवक्ताले बताए। अदालतले काब्रिडोबिरुद्ध फुयालले दायर गरेका गाली बेइज्जती, अदालतको अवहेलना तथा विद्युतिय अपराधका मुद्दाहरु पनि माग दाबी नपुगेको भन्दै खारेज गरेको उनले बताए।
फुयालका तर्फबाट अधिवक्ता नरेन्द्र पाठक, रन्जित ढुंगेल र मनिका खड्काले बहस गरेका थिए भने काब्रिडोका तर्फबाट अधिवक्ता रमेश कोइराला लगायतले बहस गरेका थिए। केहि महिनाअघि काब्रिडोबिरुद्ध इन्टरनेट, इमेल र सामाजिक सञ्जालको लगातार चरम दुरुपयोग गरेको भन्दै किटानी जाहेरीहरु परेपछि नेपाल प्रहरीले उनलाई पक्राउ गरि विद्युतिय कारोबार ऐन अन्तरगत मुद्दा दायर गरेको थियो। उनलाई अदालतले १५ दिनपछि १५ हजार रुपैंया धरौटीमा छोडेको थियो।
तर छुटेपछि काब्रिडोले विदेशबाटै पुनस् सामाजिक सञ्जालको दुरुपयोग गरि लेख समेत लेख्दै हाकाहाकी अनर्गल प्रचारबाजी र नेपाल सरकार एवं नेपाल प्रहरीका इमान्दार अधिकृतको बदनाम गर्ने काम गरेकी थिइन्। उनले कानुनी कारवाही गर्ने एसएसपी रमेश खरेलविरुद्ध संयुक्त राष्ट्रसंघमा उजुरी गरेको भन्दै प्रचारबाजी गरेकी थिइन् । तर, राष्ट्रसंघमले उजुरी लिन मानेको थिएन ।
पत्रकार फुयालले चरिना सञ्चार क्षेत्रकी आफ्नो पूर्व मित्र मात्र रहेकी तर उनको विवाहको प्रस्ताव अस्वीकार गर्दा आफूले, आफ्ना परिवारजन र साथीभाइले इन्टरनेट मार्फत वर्षौ९वर्षसम्म चरम यातना तथा प्रताडना सहनु परेको र आफूमाथि घोर अन्याय भएकाले उनीबिरुद्ध एकपछि अर्को मुद्दाहरु दायर गर्नुपरेको बताएका छन् ।
चरिना अविवाहित महिना हुन् । यसअघि केहि वर्षअघि काब्रिडोले आफ्ना फिलिपिनो प्रेमीविरुद्ध मनिलामा मुद्दा दायर गरेको थाहा भएको छ। त्यो मुद्दा जितेर उनले फिलिपिनो युवकलाई ठूलो रकम हर्जाना तिराउन सफल भएकी थिइन्।
















प्रतिक्रिया