२४ कार्तिक २०८३, मंगलबार

नाका खुल्नेवित्तिकै अर्थमन्त्री नयाँदिल्ली प्रस्थान, प्रधानमन्त्रीको भ्रमण तालिका मिलाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu Poudelकाठमाडौं, २४ माघ । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणको तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

आज बिहान नयाँदिल्ली प्रस्थान गरेका अर्थमन्त्री पौडेलले भारतीय सरकारका मन्त्री, उच्च अधिकार र नेताहरुसँग भेट गरी प्रधानमन्त्री ओलीको भ्रमण तयार गर्ने स्रोतले जनाएको छ । मन्त्री पौडेलले भारतीय बिदेशमन्त्रीसँग भेट गरेर प्रधानमन्त्री ओलीको भ्रमणको तालिका र कार्यक्रम मिलाउनेसमेत बुझिएको छ ।

त्यसै गरी नयाँदिल्ली बसाइका क्रममा अर्थमन्त्री पौडेलले नेपाल र भारतबीच देखिएको चिसोपना हटाउनका लागि आवश्यक पर्ने विषयमा पनि परामर्श गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओली आगामी फागुन सात गर्ने नयाँदिल्ली भ्रमणमा जाने तयारी गरिएको छ । सोही तयारीअनुसार नेपाल सरकारले काम अगाडि बढाएको छ ।

वीरगञ्ज नाका शुक्रबारदेखि खुलेपछि नेपाली राजनीतिले सहजता महशुस गरेको छ । मधेसी मोर्चाको नाकाको धर्ना र भारतीय पक्षको नाकाबन्दी शनिबारदेखि झनै खुकुलो भएलगत्तै अर्थमन्त्री पौडेल आज नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।