१४ कार्तिक २०८३, शनिबार

कपिलवस्तुमा अवैध काठ बरामद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kapilvastu-wood

कपिलवस्तु २३ माघ । ईलाका वन कार्यालय गोरुसिंगेले शुक्रबार ४ बटा चौकसा काठ वरामद गरेको छ ।

बातावरण पत्रकार समूह कपिलवस्तुको सुचना र ईलाका वन कार्यालयको खोजतलासका क्रममा बुद्धबाटिका नगरपालिकाको हरकुर खोला नजिक २ बटा साईकलमा बोकोर लैजादै गरेको अवस्थामा फेला पारेको थियो । बरामद गरेको काठ करिव ४० क्यु फिट रहेको बताईएको छ ।

सशस्त्र बन रक्षक सहितको टोलीले पिछा गरेको देखे पछी तस्करहरु साईकल छोडेर भागेका थिए । ईलाका वन कार्यालय गोरुसिंगेका सहायक वन अधिकृत विरेन्द्र यादवका अनुसार ४ थान गोलिया ताछेर वनाएको चौकसा त्यसलाई बोक्न प्रयोग गरीएका २ थान साईकल फेला परेको वताउनु भयो ।

वाटोमा जादै गर्दा १ बटा साईकलमा काठ लैजादै गरेको अवस्थामा देखे पछी प्रहरी र वनको टोलीलाई खवर दिएको र उनिहरुलाई पछाउदै जाने क्रममा काठ फालेर भागेको बातावरण पत्रकार समूहका अध्यक्ष जानु पाण्डेले वताउनु भयो । बरामद गरेको काठ ईलाका वन कार्यालय गोरुसिंगेमा लगिएको छ ।