१ कार्तिक २०८३, आइतबार

पाँच महिनापछि वीरगञ्ज नाकाबाट ग्यास बुलेट नेपाल भित्रिन् थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gas-bullet

वीरगञ्ज, २३ माघ । पाँच महिनादेखि बन्द रहेको वीरगञ्ज–रक्सौल नाकाबाट शनिबारदेखि ग्यास बुलेट नेपाल भित्रिन थालेको छ ।

देशकै प्रमुख वीरगञ्ज नाकाबाट गत असोज ७ पछि शनिबार दिउँसो पहिलो पटक तीन वटा ग्यासको बुलेट नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सारका अनुसार गत असोज ७ यता मधेसी मोर्चाले निरन्तर धर्ना दिएर अवरोध गरेपछि यो नाकाबाट इन्धनसहितका कुनैपनि गाडीहरु नेपाल भित्रिएका थिएनन् ।

तर, शुक्रबार भारतीय व्यापारीको अगुवाई स्थानीयबासीले आन्दोलनकारी हटाएर नाका सूचारु गरेका थिए । उनीहरुले आन्दोलनकारीहरु बस्ने टेन्ट हटाएर आगो लगाइदिएका थिए भने सवारी रोक्न ठडाइएका ढाटहरु तोडफोड गरेका थिए ।