१४ कार्तिक २०८३, शनिबार

आमसञ्चार प्रतिष्ठानको नामका विषयमा महासंघको भूमिका छैनः अध्यक्ष विष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra_bista– सुमन घिमिरे
मोरङ, २३ माघ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्टले राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको नाम परिवर्तन गर्ने विषयमा महासंघको कुनै भूमिका नरहेको स्पष्ट पार्नुभएको छ ।

मोरङको पथरीपश्चिरेमा शनिवार आयोजित पत्रकार महासंघ मोरङ शाखाको १२ औ साधारणसभाको उद्घाटन गर्दै बिष्टले प्रतिष्ठान मूलत ः पत्रकारहरको क्षमता अभिबृद्धिका लागि स्थापना हुने बताउँदै के र कस्को नाममा राख्ने भन्ने विषयमा महासंघको कुनै भूमिका नरहने स्पष्ट पार्नुभयो । महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा प्रतिष्ठान स्थापना गर्ने अघिल्लो सरकारको निर्णयलाई बर्तमान सरकारले उल्टाएको भन्दै विरोध भईरहेका बेला महासंघ अध्यक्ष बिष्टले यस्तो बताउनु भएको हो ।

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान पत्रकारहरुको क्षमता र दक्षता अभिबृद्धिमा स्थापना हुने हो, बिष्टले भन्नुभयो – यसमा सरकारले के – कस्तो नाममा स्थापना गर्छ त्यो सरकारकै विषय हो । कार्यक्रममा बोल्दै मोरङ क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राईले देशको राजनितिक परिवर्तनका निम्ति पत्रकारहरुको भूमिका महत्पूर्ण रहेको बताउँदै देशलाई अगाडी बढाउन पत्रकारहरु समेत जिम्मेवार रहने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले बिभिन्न बिकृतिहरुलाई बाहिर ल्याउन पत्रकारहरु सधै तयार हुनुपर्ने बताउँदै पत्रकारको सुरक्षाको लागि प्रशासन सधै तयार रहेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोख्रेल, केन्द्रिय सदस्य गणेश लम्साल, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष लिलाबल्लभ घिमिरे, प्रेस चौतारीका केन्द्रिय सदस्य बिक्रम लुईटेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य बिबेक गौतम लगायतले बोल्नु भएको छ ।