१४ कार्तिक २०८३, शनिबार

उदयपुर कोइरालाको कब्जामा, देउवा बढारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

koirala-deubaउदयपुर, २३ माघ । नेपाली काँग्रेसको १३ औ महाधिवेशन अन्र्तगत शुक्रबार भएको क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिको निर्वाचनमा उदयपुरमा पार्टी सभापति सुशील कोईराला पक्षले प्रष्ट बहुमत हात पारेको छ ।

जिल्लाका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणामअनुसार पार्टी सभापति शुसील कोईराला प्यानलबाट २५ जना र वरिष्ठ नेता शेरबहादुर देउवा खेमाबाट ११ जनाले महाधिवेशन प्रतिनिधि जितेको काँग्रेस स्रोतले जनाएको छ ।

तीन वटै निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा कोईराला खेमाले जित हात पारेको छ । पटक–पटकको सर्वसहमतिको प्रयास असफल भएपछि सवैक्षेत्रका सबै पदहरुमा निर्वाचन प्रक्रियाद्धार प्रतिनिधि चयन गरिएको पार्टी सविच मदनराज कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेत्र नं १ को सभापतिमा भोजराज खतिवडा विजयी भएकाछन् । पार्टीका पुर्वसभापति एवंम अहिलेका जिल्ला सभापति पदका उम्मेदवार बिदुर बस्नेत प्यालनका खतिवडाले वर्तमान सभापति हिमाल कार्की प्यानलका काजी राईलाई पछि पारेका हुन् ।

त्यस्तै खुल्ला तर्फका छ जना महाधिवेशन प्रतिनिधिमा क्रमश अशोक कार्की, हाइदीप राई, प्रदीप केशी, तेजराज तिम्सिना, शिवकुमार राई र हरी कार्की विजयी भए । महिलातर्फ सीता राई र रेणुका खड्का, दलित कोटामा गडुलमान विक (निर्विरोध), जनजातीमा दलबहादुर तामाङ र मधेसीमा महेन्द्र रौनियार विजयी भए ।

त्यसैगरी क्षेत्र नं २ को सभापतिमा बसन्तकुमार बस्नेत विजयी भएका छन् । विदुर बस्नेत प्यानलका बसन्तले हिमाल कार्की समुहका भुपिन्द्रबहादुर थापालाई एक मतले पछि पारे । अन्य क्षेत्रको तुलनामा यो क्षेत्र पार्टी सभापति कार्कीको पकड मानिदैँ आएको थियो । यधपि क्षेत्रीय सभापतिमा आफ्ना समुहका थापाले पराजय भोग्नु परेपछि उक्त समुहमा निकै कोलाहल मच्चिएको छ ।

त्यस्तै खुल्लातर्फका छ जना महाधिवेशन प्रतिनिधिमा क्रमश हिमाल कार्की, बिदुर वस्नेत, प्रमिला राई, तिलक कटवाल, अकुर खड्का र बिष्णुबहादुर राउत विजयी भए । यसैगरी महिलातर्फ लिला राई र बिमला सुनुवार, दलिततर्फ लक्ष्मि परियार, जनजातीमा भिमबहादुर पुलामी र मधेसीमा देबेन्द्र झा विजयी भए ।

त्यसैगरी क्षेत्र नं ३ को सभापतिमा रामकुमार खत्री विजयी भएकाछन् । उनले सभापति कार्की पक्षधरका राजेशचन्द्र श्रेष्ठलाई पराजित गरेका हुन् ।

त्यस्तै खुल्लातर्फका छ जना महाधिवेशन प्रतिनिधिमा क्रमश रामकुमार राई, नारायणवहादुर कार्की, अर्जुनकुमार खड्का, हरी खड्का, कृष्ण श्रेष्ठ र अम्बर राउत विजयी भए भने महिलातर्फ निर्मला कार्की र सीता यस्मालीमगर, दलित कोटामा जयबहादुर मोते, जनजातीमा साङ्दोर्जी लामा र मधेसी तथा पिछडा वर्गमा धनवहादुर दनुवार विजयी भएको सचिब कटवालले जानकारी दिनुभयो ।

यता जिल्ला सभापति कार्की पक्षले भने तीन वटै निर्वाचन क्षेत्रमा आफु वहुमत रहेको बताएका छन् । तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरु सभापति उम्मेदवार बस्नेत प्यानलाई विजयी गराउन खुलिसकेका छन् ।