१ कार्तिक २०८३, आइतबार

साताको नेप्सेमा ३१ अङ्कको सुधार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

stock-marketकाठमाडौँ, २३ माघ । गतसाताको तुलनामा यो साता नेप्सेमा सुधार आएको छ । गतसाता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अङ्कले घटेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाअनुसार यो साताको परिसूचक पहिलो दिनको तुलनामा ३०.७२ अङ्कले बढेर अन्तिम दिन एक हजार २५१.४२ अङ्कमा पुगेको छ ।

यससाता नेपाल स्टक एक्सचेन्जमा १२८ कम्पनीको १३ हजार ९२२ कारोबारबाट रु दुई अर्ब ७९ करोड ९८ लाख ३८ हजार बराबरका ४४ लाख ६६ हजार ६१० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २८.२१ प्रतिशत बढी हो ।

गतसाता १२० कम्पनीका १० हजार ५०९ कारोबारबाट रु दुई अर्ब १८ करोड ६१ लाख ७४ हजार बराबरका ३४ लाख ४४ हजार ११७ कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यसैगरी समूहगत परिसूचकमा वाणिज्य बैंक २६.०८, विकास बैंक ७७, वित्त कम्पनी ८.१, होटल २०.७, जलविद्युत् कम्पनीको २२.७८, बिमा ४६.९, उत्पादनमूलक ५४.४३ र अन्य समूहको परिसूचकमा १८.८ अङ्कले वृद्धि भएको थियो भने व्यापार समूहमा कुनै परिवर्तन भएको छैन ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ६.८९ अङ्कले बढेर २६९.५२ अङ्कमा आइपुगेको छ ।

यससाता कारोबार रकमका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार सङ्ख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा छ । यससाता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋण पत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता सप्तकोसी डेभलपमेन्ट बैंकको १० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । रासस