१४ कार्तिक २०८३, शनिबार

विराटनगरमा पहिलोपटक ब्रेन ट्युमरको सफल शल्यक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Brain-Tumorपथरी (मोरङ) २३ माघ । विराटनगरको गोल्डेन अस्पतालले पहिलो पटक ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेको छ ।

धनकुटा फलाटे–४ का ६८ वर्षीय मानबहादुर याख्खाको टाउकामा पलाएको (एैजेरु) ट्युमरको अस्पतालका न्यूरो सर्जन डा सुदन ढकालले शल्यक्रिया गर्नुभएको हो ।

साउन महिनादेखि टाउको दुख्ने, बोलेको ठेगान नहुने र बेहोस हुने समस्या देखिएपछि याख्खा गोल्डेन अस्पतालमा उपचारका लागि आउनु भएको थियो ।

अस्पतालका सञ्चालक सनतन मण्डलले शल्यक्रियापछि बिमारीको अवस्था ठिक रहेको जानकारी दिनुभयो । उपचारपछि बिरामी याख्खाले भन्नुभयो, “अहिले म स्फुर्त छु, काम गर्न सक्छु जस्तो लाग्छ ।”

विराटनगरमा ट्युमरको सफल शल्यक्रिया भएपछि उपचारका लागि काठमाडौँ धाउनुपर्ने झन्झटबाट पूर्वाञ्चलबासी मुक्त भएका छन् । रासस