१४ कार्तिक २०८३, शनिबार

काँग्रेसमा नाम चलेका प्रख्यात नेता र सांसद पनि पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flagचितवन, २३ माघ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनका लागि शुक्रबार चितवनमा भएको प्रतिनिधि छनोटमा काँग्रेसका अग्रज, पूर्व जिल्ला सभापति, सांसद र चिनिएका नेतासमेत पराजित भएका छन् ।

चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुभएका प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ पराजित हुनुभएको छ ।

त्यसैगरी सोही क्षेत्रबाट सांसद गीता वाग्ले, यसअघिका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका वामदेव खनाल पनि पराजित हुनुभएको छ । खनाल काँग्रेस उपसभापति रामचन्द्र पौडेलका सम्धी हुनुहुन्छ । सोही क्षेत्रमा पूर्व महाधिवेशन प्रतिनिधि केशव कँडेल पनि पराजित हुनुभएको छ । तरुण दल चितवनका अध्यक्ष रामकुमार श्रेष्ठ पनि प्रतिनिधि छनोटमा पराजित हुनुभएको छ ।

नेपाली काँग्रेस चितवनका पूर्व उपसभापति ऋषि पाण्डे पनि सो क्षेत्रमा पराजितमध्येमा पर्नुभएको छ । चितवन क्षेत्र नं ४ बाट पूर्व जिल्ला सभापति तोपमानसिंह गुरुङ पराजित हुनुभएको छ । जिल्लामा महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका अन्य छ जना सांसद भने विजयी हुनुभएको छ ।

यसैगरी सभापतिको उम्मेदवारी दिने जनाउँदै आउनुभएका क्षेत्र नं १ का राजेन्द्र बुर्लाकोटी, २ का जीतनारायण श्रेष्ठ, तीनका राजेश्वर खनाल, ४ का टेकप्रसाद गुरुङले चारवटै क्षेत्रमा सबैभन्दा बढी मत ल्याएर जित्नुभएको छ ।

जिल्लाका पाँच क्षेत्रमा ९०१ प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिका लागि मतदान गरेका थिए । जसमा क्षेत्र नं १ बाट राजु सिलवाल, २ बाट कुमार कार्की, ३ बाट रमेशप्रसाद अधिकारी, ४ बाट सरिता केसी र ५ बाट लालबहादुर दुवाडी क्षेत्रीय सभापतिमा विजयी हुनुभएको छ ।

जिल्लाबाट महाधिवेशनमा सहभागी हुन ६० जनाले अवसर पाएका छन् । जसमा संस्थापन समूहको सङ्ख्या बलियो रहेको जिल्लास्थित नेताहरुले बताएका छन् । रासस