१४ कार्तिक २०८३, शनिबार

उदयपुर कांग्रेस क्षेत्रीय अध्यक्षमा बस्नेत, खतिवडा र खत्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flagउदयपुर, २३ माघ । उदयपुर जिल्लामा नेपाली कांग्रेसको शुक्रबार सम्पन्न क्षेत्रीय अध्यक्षहरुमा वसन्त बस्नेत, भोजराज खतिवडा र रामकुमार खत्री विजयी भएका छन् ।

निर्वाचनको प्राप्त मत गणनाको परिणामअनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्षमा खतिवडा विजयी हुनु भएको नेपाली काँग्रेस उदयपुरले बताएको छ ।

खतिवडाले आफ्ना प्रतिद्वन्द्वी काजी राईलाई ९३ मतको विरुद्ध ९९ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

यस्तै क्षेत्र नम्बर २ मा बस्नेतले भूपेन्द्र थापालाई ९५ मतको विरुद्ध ९६ मत प्राप्त गरेर क्षेत्रीय अध्यक्षमा विजयी हुनुभएको छ ।

यता क्षेत्र नम्बर ३ को क्षेत्रीय अध्यक्षमा खत्रीले राजेश श्रेष्ठलाई १२० मतको विरुद्ध १३६ मत प्राप्त गरी विजयी हुनुभएको नेपाली कांग्रेस उदयपुरका सचिव मदनराज कटुवालले बताउनुभयो ।

यी तीनै क्षेत्रीय अध्यक्ष पार्टीका संस्थापन पक्षधर रहेको पार्टीका कार्यकर्ताले बताए । रासस