७ कार्तिक २०८३, शनिबार

अर्कैको नामको पासपोर्टमा उड्ने ती महिला को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MRP-Nepali-Passportकाठमाडौं, २३ माघ । भियतनाकी एक युवतीको राहदानी प्रयोग गरी त्रिभुवन विमानस्थलबाट अर्कै व्यक्ति उडेकी छिन् । भियतनामकी नागरिक ले थि किमतुको राहदानीमा उडेको व्यक्ति को थियो भन्ने बारेमा विमानस्थल अध्यागमन कार्यालय र प्रहरी बेखबर रहेको छ ।

पुस २७ गते भियतनामी युवतीका नाममा अर्के व्यक्ति उडेको थाहा पाएपछि विमानस्थल प्रहरी, अध्यागमनका कर्मचारी र थाइ एयरका कर्मचारी तनावमा रहेको स्रोतले बताएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

किमतुको बी २४५५५७९ नम्बरको राहदानीबाट अर्के व्यक्ति उडेको खुलासा भएपछि विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारी र प्रहरीको भूमिकामाथि प्रश्न उठेको छ ।

त्यसैगरी अर्काको राहदानी लिएर यात्रा गर्ने व्यक्तिलाई बोर्डिङ पास दिने थाइ एयरका कर्मचारीले समेत सेटिङ गरेको आशंका गरिएको स्रोतले बताएको छ ।