२४ कार्तिक २०८३, मंगलबार

भूकम्पको ठूलो धक्काले सुत्न लागेका राजधानीबासीको भागाभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khagendra

काठमाडौं, २२ माघ । शनिबार राति गएको भूकम्पले राजधानीमा भागाभाग भएको छ । मानिसहरु र छाडेर सडकमा जम्मा भएका छन् ।

माथिको फोटोमा नयाँ पत्रिकाका पत्रकारहरु अफिसमा काम छाडेर बाहिर बसिरहेको देखिएको छ । नयाँ पत्रिकाका पत्रकार खगेन्द्र पन्त भन्छन्– धेरै पछि फेरि भागाभाग भयो, भूकम्पले नराम्रोसित तर्सायो ।

प्राप्त सूचना अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे लगायतका जिल्लाका स्थानीय बासिन्दा घर छाडेर बाहिर सडकमा बसिरहेका छन् । उनीहरु सुत्नका लागि ठिक्क परेका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र भएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो । १० किलोमिटर मात्रै गहिराई बनाएर भूकम्पको परकम्पन गएकाले ठूलो धक्का महसुस गरिएको मापन केन्द्रले जनाएको छ।