१४ कार्तिक २०८३, शनिबार

घर झगडा परेपछि भक्तपुरमा यी महिलाले नाङ्गिएर गरिन् यस्तो कार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpurभक्तपुर, २२ माघ । भूकम्पपीडित तथा पारिवारिक तनावमा रहेकी एक महिलाको आज मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–५ नगदेश घर भई हाल गठ्ठाघरमा छोराबुहारीसँग बस्दै आएकी करिब ६० वर्षीया गङ्गामाया श्रेष्ठको आगो लागेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीण श्रेष्ठले बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र अनन्तलिङ्गेश्वर नगरपालिका बालकोट जोड्ने हनुमन्ते खोलाको डिलमा शरीरमा आगो लागेको ती महिलाको शव बिहान करिब ८ बजे भेटिएको हो ।

प्रहरीका अनुसार भूकम्पले नगदेशको घर भत्किएपछि गठ्ठाघर बस्दै आएको श्रेष्ठको परिवारमा पटक पटक झगडा हुने गरेको खुल्न आएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले बिहान घर बाहिर निस्केपछि खोलाको डिलमा लुगा खोलेर खेतमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई मृत्यु भएको देखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस