१४ कार्तिक २०८३, शनिबार

पेट्रोल चोरी गर्दागर्दै त्रिपुरेश्वरमा पम्पका कर्मचारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrol-line

काठमाडौँ, २२ माघ । पेट्रोल पम्पबाट तेल चोरी गर्दा गर्दै त्रिपुरेश्वरस्थित मायाराम भोलाराम पेट्रोल पम्पका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पम्पका कर्मचारी लोकबहादुर थापा, कृष्ण थापा र चौकीदार शिवबहादुर थापालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोलीले पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीप केसीका अनुसार बिहान ४ बजेतिर गस्तीमा रहेको प्रहरी टोलीले पम्पमा शङ्कास्पद गतिविधि भइरहेको देखेपछि सोधखोज गरेको थियो ।

सो क्रममा पम्पबाट ड्रममा पेट्रोल भर्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने एक जना व्यक्ति भाग्न सफल भएका थिए ।
प्रहरी त्यहाँ पुग्दा ड्रममा ३५० लि पेट्रोल उनीहरुले भरिसकेको अवस्थामा भेट्टाइएको उहाँले जानकारी दिनुभयो ।

कर्मचारीसँग पेट्रोल किन्ने समूह र यसअघि पनि पेट्रोल चोरी गरे नगरेकाबारे अनुसन्धान भइरहेको बताइएको छ । आजका लागि ३१ देखि ४५ नं लटका मोटरसाइकल र स्कुटरलाई तेल वितरण गर्न नेपाल आयल निगमले पम्पलाई छ हजार लि पेट्रोल दिएको छ । रासस