१४ कार्तिक २०८३, शनिबार

इटहरीमा भीषण आगलागीः एकै रातमा खरानी बन्यो ४० करोड बढीको सम्पत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

इटहरी, २२ माघ । इटहरी उपमहानगरपालिका– १ स्थित मुख्य चोकको एक व्यापारिक भवनमा हिजो साँझ भएको आगलागीमा कम्तीमा रु ४० करोड मूल्य बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीलाई प्राप्त विवरण अनुसार आगोले सबैभन्दा बढी व्यापारी श्याम पालको मात्रै रु २५ करोड मूल्य बराबर सामान नोक्सानी भएको छ ।

इप्रका इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताउनुभयो ।

आगलागीमा परी राजकुमार लिम्बुको पाँचतले व्यापारिक भवन ध्वस्त भएको छ । लिम्बुको घरसँगै जोडिएको कालीप्रसाद पोख्रेलेको घरमा पनि ठूलो नोक्सानी पुगेको छ । यी दुई घरको मात्र करोडौँ मूल्य बराबरको धनमाल क्षति भएको बताइएको छ ।

आगलागीबाट कम्तीमा एकसयभन्दा बढी व्यापारिक पसलमा नोक्सानी पुगेको छ । दुई–तीन तलासमम्म आगो फैलिएको थियो । हिजो कोही पनि व्यापारी पसलमा नरहेकाले मानवीय नोक्सानी भने हुन पाएन ।

व्यापारीबाट विस्तारै नोक्सानीको विवरणसहित निवेदन आउन थालेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगोलाई राति १०ः३० बजेतिर मात्रै नियन्त्रणमा लिन सकिएको थियो । नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरीसँगै स्थानीय व्यापारीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाईँले बताउनुभयो । रासस