१४ कार्तिक २०८३, शनिबार

राजधानीमा जलाएर खोलामा फालेको अवस्थामा महिलाको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpurकाठमाडौँ, २२ माघ । राजधानीमा एक महिलाको पुरै जलेको अवस्थामा शव भेटिएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१५ गठ्ठाघरस्थित हनुमन्ते खोलाको किनारमा सोही नगरपालिका–५ नङगाउँ बस्ने ६० वर्षीया गंगामाया श्रेष्ठ जलेर मृत्यु भएको अवस्थामा शुक्रबार फेला परेकी केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उनको शव नजिकै पेट्रोलको गन्ध आएको र १ थान खाली बोत्तल फेला परेको छ ।

यसैगरी काठमाडौंको टोखा नगरपालिका–११ नयाँपुल छेउमा सोही ठाउँ बस्ने ४३ बर्षीय माईला महर्जन विहीबार मृत अवस्थामा फेला परेका छन् ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।