
– लक्ष्मीप्रसाद जैशी
बौनिया, २२ माघ । प्रेस चौतारी नेपालको १८ औं स्थापना दिवसको अवसरमा कैलालीको दोदोरा ७ सडकपुर बौनियामा समृद्ध राष्ट्र निर्माणमा पत्रकारको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम भएको छ ।
प्रेस चौतारी नेपाल कैलाली शाखाले आयोजना गरको कार्यक्रममा प्रेस चौतारी नेपाल सेती अञ्चल समन्वय समिति सदस्य तथा पत्रकार महासंघ कैलालीका पूर्व सदस्य लिलाराज खत्री प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले पत्रकारीताको विकासले नै राष्ट्र समृद्ध हुने बताउनु भयो । राष्ट्र लाई विकास तिर उन्मुख गर्न पत्रकारीताले ठूलो मद्धत पुग्ने भन्दै पत्रकारीता लाई सहि दिशामा लैजानु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाली पत्रकारितामा पछिल्लो समयमा बिकृति, विसंगती मौलाउदै गएको भन्दै यसले राष्ट्र निर्माण समेत ठेस पुग्ने खतरा बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रमम विशीष्ठ अतिथिको आशन बाट बोल्दै नेकपा एमाले दोदोधरा गाउ कमिटि अध्यक्ष जयरुप खर्तिवडाले राष्ट्र विकासमा पत्रकारको ठुलो भुमिका हुने बताए । उनले विश्वका हरेक देश तिब्र विकास तिर लम्कीनुमा पत्रकारको योगदान उल्लेख्य रहेको चर्चा गरे ।
अध्यक्ष खर्तिवडाले राज्यले पत्रकारीता पेशालाई राज्यको चौथो अंगकै रुपमा लिएको हुनाले पनी पत्रकारले समाज लाई समृद्धि हुने खालका समाचार संकलन र प्रसारण गर्नु पर्ने र आचार संहीतामा रहेर कलम चलाउनु पर्नेमा जोड दिनु भयो ।
यस्तै प्रेस चौतारी नेपाल कैलाली जिल्ला कमिटी सदस्य लक्ष्मीप्रसाद जैशीको सभाअध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कै्रलालीका सदस्य पदम बोहरा, प्रेस युनियन लम्की शाखाका सचिब देवानन्द जैशी, पत्रकार लोक बहादुर देउवा, नेत्र जैशी, लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जिल्ला कमिटी सदस्य गगन कठाएतले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य इन्द्रा केशीले गरेकी थिईन ।












प्रतिक्रिया