
काठमाडौं, २२ माघ । बंगलादेशमा जारी उन्नाइस वर्षमुनिको यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित भएको छ ।
आजको हारसँगै नेपालले विश्वकपमा पहिलोपटक सेमिफाइनल खेल्ने मौका समेत गुमाएको छ । भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगलादेशको मिरपुरस्थित सेर बङ्गला राष्ट्रिय रङ्गशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको थियो ।
जवाफी व्याटिङमा उत्रिएको बंगलादेशले घरेलु मैदानमा ६ विकेटको जित निकाल्यो । उसले ४ विकेटको क्षतिमा ४८ ओभर खेल्दै लक्ष्य भेट्टायो ।
नेपाली बलरको दबाबमा परेको बंगलादेशलाई जाहिरी हसन र महेदी हसनले शतकीय साझेदारी खेल्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्याए । नेपाली बलरको दबाबमा परेको बंगलादेशलाई जाहिरी हसन र महेदी हसनले शतकीय साझेदारी खेल्दै पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्याए । जाहिरीले ७५ र महेदीले ५५ रन बनाए ।
यसअघि सुरुवाती ब्याट्सम्यानलाई गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई कप्तान राजु रिजाल र आरिफ शेखले केही उकासेका थिए । दुबै खेलाडी मिलेर चाँैथो विकेटका लागि ५१ रनको साझेदारी गरे ।
त्यस्तै ८० बल खेलेका रिजालले आठ चौका र एक छक्काको मद्दतमा ७२ रन जोडे । शेख २१ रन जोड्दै आउट भए । सन्दिप सुनार ७, सुनिल धमला २५, योगेन्द्र सिंह कार्की १ र कुशल भुर्तेल १४ रनमा पेविलियन फर्किए । बंगलादेशका मोहम्मद साइफुद्धिनले नेपालका २ विकेट लिएका थिए ।












प्रतिक्रिया