१४ कार्तिक २०८३, शनिबार

प्रेस चौतारीको १८औं स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Acham (1)

अछाम, २२ माघ । प्रेस चौतारी नेपालले बिहीबार देशैभर आफ्नो १८ औं स्थापना दिवसको उपलक्ष्यमा विभिन्न रचनात्मक कार्यक्रमहरु गरेर दिवस मनाएको छ ।

यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले जिल्ला अस्पताल अछाम र वाक नेपाल स्याहार केन्द्र मा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाएको हो । हरेक वर्ष रचनात्मक क्रियाकलाप गरी दिवस मनाउँदै आएको प्रेस चौतारी अछाम शाखाले पनि जिल्ला अस्पताल अछाम र वाक नेपालको स्याहार केन्दका बिरामीहरुलाई कार्र्यक्रमको उद्देश्यबारे जानकारी गराउदै मौसम अनुकुल हुनेगरी विभिन्न किसिमका फलफूलहरु वितरण गरेर दिवस मनाएको छ ।

फलफूल वितरण कार्यक्रममा नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख भीम जनाला प्रेस चौतारी अछाम शाखाका अध्यक्ष टेकराज भण्डारी, उपाध्यक्ष कालु बोहरा, सचिव टेक बहादुर थापा रेडियो रामारोशनका अध्यक्ष एकेन्द्र कुवर, रेडियो जनप्रियका स्टेशन म्यानेजर तथा सिधा दृष्टि साप्ताहिकका सम्पादक ललित केसी, रेडियो सोसाईटीका प्रबन्धक निर्देशक धु्रर्ब विसि रामारोशन दैनिकका प्रकाशन नरेश कुमार शाहि, खप्तड न्यू दैनिक कार्याकारी सम्पादक विष्णु भण्डारी बैद्यनाथ दैनिकका प्रकाशक तुल बहादुर कुवर, पत्रकार कमल रावल, एकेन्द्र महता लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

फलफुल वितरण कार्यक्रमका अवसरमा पत्रकारहरुले विरामीहरुको स्वास्थ्य लाभको कामना समेत गरेका ब्यक्त थिए ।

Acham (2) Acham (3)