२४ कार्तिक २०८३, मंगलबार

राजेन्द्र महतोलाई प्रचण्डले फेरि गरे फोन, के-के भयो गोप्य समझदारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-Rajendra-Mahato

काठमाडौ, २२ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गरेका छन् ।

शुक्रबार विहान भएको फोनवार्तामा मधेस आन्दोलनका मागहरु सम्बोधन गर्ने विषयमा छलफल भएको छ । प्रचण्डको निजी सचिवालयका अनुसार मधेसका माग सम्बोधनका लागि आज अपराह्न बैठक राखेर सहमति खोज्ने समझदारी प्रचण्ड र महतोबीच भएको छ ।

यसैकालागि प्रचण्डकै आग्रहमा महतो आजै काठमाडौं आइपुग्ने जनाइएको छ । महतोले वार्ता र सहमति खोज्न आफूहरु तयार रहेको र अब लचिलो भएर प्रस्तुत हुने कुरा पनि प्रचण्डलाई बताए ।

जवाफमा प्रचण्डले सहमति हुन नसकेका सीमांकन लगायतका बिषयमा तत्काल छलफल तथा सम्वादबाट सहमति गरेर असहज राजनीतिक अवस्थाको अन्त्य गर्ने र त्यसमा मोर्चासँग पहल गर्न महतोलाई आग्रह गरे । प्रचण्डको यो प्रस्तावमा पनि महतोको सकारात्मक देखिएको सचिवालयले जनाएको छ ।

यसअघि पनि प्रचण्डले महतोलाई फोन गरेर सहमतिमा जोड दिएका थिए ।