
काठमाडौं, २२ माघ । पाँच महिनादेखि बन्द रहेको वीरगञ्ज–रक्सौल नाका शुक्रबार दिउँसोदेखि पुनःसञ्चालनमा आएको छ ।
नाकाबन्दी र बन्द हड्तालले आजित मधेसका स्थानीयवासी र व्यापारीले आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तालाई शुक्रबार दिउँसो धपाएपछि नाकाबाट आवत जावत सूचारु भएको प्रहरीले जनाएको छ ।
मधेसी मोर्चाले नाकामा धर्ना बस्नका लागि नेपाल–भारत सीमा दशगजाको मितेरी पुलमा टाँगेको पाललाई दुवैतिरका स्थानीय र व्यवसायीले जलाइदिएका छन् । पुलमा राखिएको बाटो छेक्ने ढाट पनि हटाइएका छन् ।
अहिले पुलमा स्थानीय र प्रहरीको उपस्थिति बाक्लो छ भने साना सवारी साधान र रिक्सा आवत जावत भइरहेको छ । वीरगन्जपट्टी इनर्वा र छपकैयाका व्यापारी तथा रक्सौलका व्यापारी मिलेर ढाट र पाल हटाएका हुन् ।
विहीबार मात्रै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज तत्काल नाका खुल्ने दाबी गरेका थिए ।












प्रतिक्रिया