
काठमाडौं, २२ माघ । यू–१९ विश्वकप क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा नेपाल बंगलादेशविरुद्ध बलिङ गरिरहेको छ ।
बंगलादेशलाई २१२ रनको विजयी लक्ष्य दिएर मिरपुर मैदानमा बलिङ गरिरहेको नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका सुनिल धमलाले बंगलादेशको पहिलो विकेट लिएका छन् । उनले बंग्लादेशका शेफ हसनलाई एलबीडब्लु धरापमा पारे । हसन ५ रनमा पबेलियन फर्किएका हुन् ।
यो समाचार तयार पार्दासम्म बंगलादेशले १२ ओभरको समाप्तिमा १ विकेट गुमाएर ३५ जोडेको छ । खेल जारी छ ।












प्रतिक्रिया